काठमाडौं, ११ जेठ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालबाट प्रतिनिधिसभा सांसद डा. बाबुराम भट्टराईले झन्डै दुईतिहाइ जनप्रतिनिधिसहितको नेकपा सरकारसँग निजी क्षेत्र लाखे देख्दा तर्सिएजस्तो भएको बताए ।

आफू बाल्यकालमा काठमाडौं आएर पहिलोचोटि लाखे जात्रा देख्दा तर्सिएको प्रसंग निकाल्दै डा. भट्टराईले कम्युनिस्टको सरकार आउँदा वैदेशिक लगानी नआउने र आफ्नो भूमिका घट्ने आशंकामा निजी क्षेत्र तर्सिएको बताए ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक नै रहेको उनले बताए । डा. भट्टराईले भने, ‘सपना देख्नु राम्रो हो । यो सरकारले नीति तथा कार्यक्रममार्फत सपना देखेको छ । ह्वाट भन्ने कुरा ल्याएको छ, तर हाउ भन्ने अब देखाउनुपर्छ ।’

उनले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा आशंका व्यक्त पनि गरे । ‘एउटै गोलीले धेरै चरा मार्छु भन्दा कुनै पनि चरा नमर्न सक्छ,’ उनले भने । विपक्षी दलका अन्य सांसदले एक वर्षीय योजना नल्याएको भन्दै सरकारको आलोचना गरे भने मधेसवादी दलका सांसदले संविधान संशोधनको विषय पनि समेट्नुपर्ने बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia