काठमाडौं, ११ जेठ ।  कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ । चक्रपथ परिक्रमा अन्तर्गत कलंकी-कोटेश्वर सडक विस्तार कार्य पनि छिट्टै सम्पन्न हुँदै छ ।

सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उदेश्यले डेढ बर्ष अघि पहिलोपटक अण्डरपास सडक योजना अघि सारेको हो ।काठमाडौं चक्रपथ सडक सुधार योजना प्रमुख प्रकाश भण्डारी अन्डर पास सडक निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् ।

‘कलंकीदेखि महाराजगञ्जसम्म सडक विस्तार गर्ने योजना पनि अगाडि बढेको छ ।’उनले भने, ‘बल्खुको खसीबजारदेखि कलंकीचोकसम्म र कलंकीदेखि बाफलतर्फ अन्डरपासको फिनिसिङ भइरहेको छ । असारदेखि अन्डरपासबाट सवारी साधन गुड्नेछ ।’आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia