इटहरी । नेपाली काँग्रेसको भातृ युवा दस्ता तरुणदल सुनसरीका सभापति तथा नेपाली काग्रेसका महासमिति सदस्य सिजन गुरुङलाई राजनितिक पूर्वाग्रहको आधारमा पक्राउ गरेको भन्दै तत्काल रिहाई गर्ने माग गरेको छ । गुरुङलाई सुनियोजित रुपमा पक्राउ गरी फसाउँन खाजेको भन्दै काग्रेस सुनसरीले आपत्ती जनाएको हो । इटहरी २० तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गामा सिमा र भाडाको विषयमा विवाद हुदा उनलाई शुक्रवार राती इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको थियो ।

तरहरा प्रहरीकै रोहबरमा भएको घट्नालाई अतिरञ्जित बनाई मध्यरातमा पक्राउ गर्नु पूर्वाग्रही भएको काग्रेसको निश्कर्ष छ । नेपाली काग्रेस सुनसरीले विज्ञप्ती जारी गदै गुरुङले गत शुत्रवार मात्र तरहरामा भएको उक्त जग्गाको विवादमा न्याय पाउ भनी जिल्ला प्रशासन सुनसरीमा अपिल गरेको अवस्थामा प्रहरीले झुटोमुद्धा लगाएको बताएको छ ।

काग्रेस जिल्ला सभापति राजिब कोईरालद्धारा हस्तक्षरीत विज्ञप्तीमा भनिएको छ गुरुङलाई निशर्त नछोडिए काग्रेस चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । काग्रेस नेता तथा महासमिति सदस्य राजिब ढुंगानाले काग्रेस प्रति स्थानीय प्रशासन पूर्वाग्रही भएको भन्दै झुटोमुद्धामा कार्यकर्ता फसाउँने कार्य तत्काल रोक्न माग गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको माथिल्लो निर्देशन अनुसार नै काग्रेसको कार्यकर्ता फसाउँन लागेको भन्दै यस्ता कार्य तत्काल नरोकिए आफुहरु चुप लागेर नबस्ने काग्रेसी नेताहरुले चेतावनी दिएका छन ।
यस्तै नेपाली काग्रेस सुनसरी क्षेत्र नम्बर २ र तरुण दल सुनसरीले समेत विज्ञप्ती जारी गदै बिना सर्त गुरुङलाई रिहाईको माग गरेको छ । पिडित पक्षले अमिनि लगेर जग्गा नाप गरेको ठाउँमा गएर पिडित पक्ष सँग कुटपिट गरेको आरोपमा गुरुङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले बताए। लामो समय देखि जग्गाको विवाद रहेछ अमिनि लगेर जग्गा नाप्ने क्रममा गुण्डागर्दी शैली अपनाएको देखिएको कारण हामीले नियन्त्रणमा लिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia