दमक / पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ मा आज साँझ भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीको बेस क्याम्प अगाडि भएको सवारी दुर्घटनामा परेर कमल गाउँपालिका–३ बस्ने ३३ वर्षीय लोकेन्द्र पाण्डेको मृत्यु भएको हो । मृतक पाण्डे मोटरसाइकलमा सवार थिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ३९४५ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आएको को १ ज ९५३ माइक्रोबसले ठक्कर दिएको थियो । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते पाण्डेको दमकको लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका ट्राफिक कार्यालय, दमकले जनाएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन इलाका प्रहरी कार्यालय, दमकको नियन्त्रणमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia