काठमाडौं, १३ जेठ  ।  ओमनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ मा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।आँधीले ठूलो क्षति पुर्‍याएको त्यहाँको सरकारी निकायले जनाए पनि पूर्ण विवरण आउन बाँकी छ ।

 

त्यस क्षेत्रमा कार्यरत कम्तीमा ७ हजार नेपाली सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ ।‘प्रभावित क्षेत्रका नेपालीसँग नियमित सम्पर्क भइरहेको छ,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘अप्रिय खबर आएको छैन ।’आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia