काठमाडौं, २० जेठ  ।  पाँच वर्षअघि सरकारी अधिकारीले सार्वजनिक सेवा परिवर्तनको प्रस्ताव अघि सारेपछि युरोपेली राष्ट्र इस्टोनियाको राजधानीका ७५ प्रतिशत बासिन्दाले त्यसको पक्षमा मतदान गरे। त्यसपछि राजधानी तल्लिनमा सार्वजनिक यातायात निःशुल्क बनाइयो।

प्रस्तावमा राजधानीवासीले आफूहरू उक्त शहरको बासिन्दाका रूपमा नाम दर्ता गर्नुपर्ने र ‘ग्रीन कार्ड’का लागि दुई पाउन्ड स्टर्लिङ तिर्नुपर्ने नियम राख्नुपर्ने नियम राखिएको थियो। तल्लिनमा लागू गरिएको यो व्यवस्थापछि अत्यन्त सफल मानियो।

त्यैको परिणामस्वरूप इस्टोनिया सरकार अहिले देशभरका काउन्टीबीचमा बसयात्रा गर्दा निःशुल्क बनाएको  छ। शुक्रबारदेखि नै इस्टोनियाका हरेक काउन्टीले आफ्ना नागरिकका लागि चौबीसै घण्टा सार्वजनिक यातायात निःशुल्क गर्न पाएका छन्।तर यो व्यवस्था काउन्टी लागू नगर्न पनि सक्छन्। खबर आजको गाेरखापत्र दैनिकले छापेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia