लौकही । सुनसरीको कोशी गाउँपालीकामा किशोरकिशोरीहरुका लागि दुई दिने धूम्रपान तथा लागु पदार्थ सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँपालीकाको कार्यालयको आर्थिक सहयोगमा ग्रामीण विकास समाज नेपालले आयोजना गरेको धूम्रपान तथा लागु पदार्थ सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रम कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य तथा ग्रामीण विकास समाज नेपालका अध्यक्ष शमसाद अन्सारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । दुई दिने धूम्रपान तथा लागु पदार्थ सम्बन्धि सचेतना कार्यक्रममा कोशी क्षेत्रका विभिन्न ५ वटा बिधालयका ३५ जना किशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई प्रशिक्षक बिओपी श्रीपुरका प्रमुख शंकर थापा र पवन साहले प्रशिक्षण दिएका थिए । दुई दिने धूम्रपान तथा लागु पदार्थ सम्बन्धि सचेतना कार्यक्रममा सहभागीहरुलाई लागूऔषध बाट समाजमा हुने बेफाइदा तथा त्यसबाट बच्न सकिने उपायहरुको बारेमा जानकारी दिएको प्रशिक्षक तथा सशस्त्र प्रहरी निरीक्षक शंकर थापाले बताए ।

समापन कार्यक्रममा कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार साह,१ नम्बरका वडाध्यक्ष राजु साह,बिनोद मिश्र,हासिम अन्सारी,सज्जाद अन्सारी,नशाद अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

सुनसरीको सीमावर्ती क्षेत्रबाट पछिल्लो समयमा धूम्रपान तथा लागु पदार्थ सेवनकर्ताको संख्या बढदै गएको अवस्थामा यस्तो सचेतना मूलक कार्यक्रम आयोजना गरिएको गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको कथन रहेको थियो । सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । समापन कार्यक्रममा कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार साह,१ नम्बरका वडाध्यक्ष राजु साह,बिनोद मिश्र,हासिम अन्सारी,सज्जाद अन्सारी,नशाद अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia