इनरुवा। चार दिनयताको चर्को घामसँगैको गर्मीका कारण कष्टकर बनेको जनजीवन वर्षा भएसँगै सामान्य बनेको छ ।लगातारको बढ्दो तापक्रमका कारण मध्यान्हताका ४० डिग्रीको हाराहारीमा पुग्ने तापमान मौसममा बदली भएसँगै आज विहानबाट केही गिरावट भएको थियो ।

विहानीपख छिटपुट वर्षा भएपनि इनरुवा सहित आसपासका क्षेत्रमा मध्यान्ह पछि भारी वर्षा भएको छ ।गर्मीका कारण आजित बनेका सर्वसाधारण वर्षा भएसँगै पानीमा भिजेको देख्न सकिन्थ्यो । गर्मीकै कारण दुई दिनकालागि इनरुवा क्षेत्रमा शिक्षण संस्था बिदा गरिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia