इनरुवा। समयमा काम नसक्ने सुनसरीका दुई दर्जन बढी ठेकेदार कार्वाहीमा सूचिमा परेका छन् । निर्माण सम्झौता अनुसार काम नगर्ने र ढिलासुस्ती गर्ने ठेकेदारको सूचि सुनसरी प्रशासनले गृह मन्त्रालयलाई बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले ठेकेदारहरुको विवरण संकलन गरी कार्वाहीकालागि गृह मन्त्रालयलाई सिफारिस गरिएको जनाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार निर्माण व्यवसायी र निर्माण कम्पनीको कार्य मूल्याङकनका आधारमा सूचि तयार पारि गृह मन्त्रालयलाई सिफारिस गरिएको छ ।

कार्वाहीको सिफारिसमा परेकाहरुलाई गृहको आदेशमा प्रहरीले जुनै बेला समेत पक्राउ गर्न सक्ने सुनसरी प्रशासनले जनाएको छ । सुनसरीबाट कार्वाहीको सिफारिसमा परेका निर्माण कम्पनीहरुमा रमण कन्ट्रक्सन प्रालिका प्रतिनिधि भूमि कन्ट्रक्सनका संचालक कृष्ण बोहरालाई पक्राउ गर्न प्रशासनले प्रहरीलाई आदेश समेत दिइसकेको छ ।

रौता आरके जेभी, एके एण्ड गान्वा, कावा निर्माण सेवा, संजिवनी एचएम विल्डर्स, झोपु निर्माण, मैनबत्ति इण्ड्रसट्रिज प्रा लि, सपना पाण्डेश्कर श्याम जेभी, भूमि ओम पञ्चकन्या, साह निर्माण सेवा, निशान श्याम जेभी, जयबाबा विटी सराजुद्धिन, टौदह, एचएम विल्डर्स लगायतका निर्माण कम्पनी र निर्माण व्यवसायी सुनसरीबाट कार्वाहीको सूचिमा परेका छन् । अन्य केही निर्माण कम्पनी र निर्माण व्यवसायीको नाम भने गोप्य राखी कार्वाहीको सिफारिस गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia