ओरेक नेपाल र प्लान नेपालको सहकार्य र मानव अधिकार रक्षक परीषदको आयोजनामा मानव अधिकार मैत्री कार्य सम्पादनका लागी स्थानिय तहमा लैङ्गीक नितिको आवश्यकता विषयक अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ। मानव अधिकार रक्षक परीषदका सह संयोजक विष्णु खरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा लैङ्गीक नितिको आवश्यकता र संवोधन गर्ने सवालहरुको पहिचान र विशीष्टीकरण का वारेमा संविधान सभाका पुर्व सदस्य माननिय रेवती रमण भण्डारी र मानव अधिकार रक्षक परीषदका प्रमुख सल्लाहकार कोषराज न्यौपानेले सहजीकरण गर्नु भएको थियो ।

४० जना सहभागी रहेको उक्त कार्यक्रममा स्थानिय तहमा लैङ्गीक निति निर्माणकालागी सम्वन्धित विषयका विशेषज्ञहरुलाई सहयोग मागी प्रभावकारी लैङ्गीक निति निर्माण गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो । कार्यक्रमको संचालन ओरेक नेपालको जिल्ला संयोजक शान्ती दनुवारले गर्नु भएको थियो भने उद्देश्यमाथी प्रकाश ओरेक नेपाल मोरङ्गका निमित्त संयोजक शोभा वजगाईले गर्नु भएको थियो ।

कार्यक्रममा भोक्रा नरसिह गाउपालिका प्रमुख महेन्द्र प्रसाद यादव, दुहवी न.पाको उप प्रमुख सुनिता दाहाल शाह,गढी गापा उप प्रमुख राज कुमारी चौधरी,मानव अधिकार रक्षक परिषदका संयोजक शोमराज थापा र प्लान नेपालका सुनसरी प्रमुख ओम श्रेष्ठले आफनो मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia