राेहित दर्नालकाे फुटबल फुटबल इनरूवामा फुटबल बाेलकाे अडियाे गित सार्वजनिक भएकाे छ । भिगाेरस नेपाल इनरूवा सुनसरीका अध्यक्ष समेत रहेका दर्नालकाे साे गित इनरुवामा अायाेजित एक विशेष कार्यक्रमकाबिच सार्वजनिक गरिएको हाे । नगर प्रमुख राजन मेहताले गितकाे अडियो सार्वजनिक गर्नुभएकाे हाे ।

गितमा शब्द तथा रचना दर्नाल स्वयंकै रहेकाे छ । जेठ २७ गतेबाट इनरूवा खेल मैदानमा सुरू हुन लागेकाे प्रदेश १ स्तरीय इनरूवा गाेल्ड कपलाई लक्षित गरि अडियाे सार्वजनिक गरिएकाे हाे । कार्यक्रममा बाेल्दै नगर प्रमुख मेहताले खेलकुदकाे बिकास र युवाकाे साथका लागि अाफु सदैव तत्पर रहेकाे बताए ।

तपाईको प्रतिक्रिया