काठमाडौं – जिल्ला अदालत काठमाडौंमा विचाराधीन एक मुद्दामा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले क्षेत्राधिकारविपरीत सजायको अधिकतम अवधि किटान गरेको भेटिएको छ ।

पुस २१ मा बरामद भएको साढे ३३ किलो सुन तस्करी प्रकरणसम्बन्धी एक निवेदनमा तत्कालीन प्रधानन्यायाधीश पराजुलीको इजलासले ‘१० वर्षभन्दा कम सजाय हुने मुद्दा’ भनी आदेशमा टिप्पणी गरेको भेटिएको हो ।

जिल्ला अदालतमा विचाराधीन र उसको क्षेत्राधिकारको मुद्दामा अन्य अदालतहरुले कसुर तथा सजायका विषयमा ठहर वा टिप्पणी गर्नु क्षेत्राधिकार बाहिरको विषय हो ।सुन तस्करीमा मुछिएका रामहरि कार्कीले आफूलाई थुनामा राख्नु गैरकानुनी भनी सर्वोच्चमा दिएको निवेदनमा पराजुलीले गत वर्ष भदौ २१ मा आफ्नै इजलासमा निवेदनको सुनुवाइ गरी सजायको राय किटान गरेका हुन् । आजको कान्तिपुरमा यो खबर रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia