इनरुवा।प्लान नेपालको सहयोग, ओरेक नेपालको आयोजना र अन्तर धार्मीक राष्ट्रिय संजालको सहकार्यमा हानिकारक परम्परागत अभ्यास न्यूनिकरणको लागी सुनसरी जिल्लाका धार्मीक अगुवाहरुसँगको २ दिने प्रशिक्षण तालिम इनरुवामा सम्पन्न गरीयो ।

समुदायमा रहेका हानिकारक परम्परागत अभ्यास न्युनिकरणकालागी धार्मीक अगुवाहरुको भुमिका महत्वपुर्ण हुनेहुनाले सामाजिक परिवर्तन का लागी धर्म, संस्कृति र संस्कारको कारणले समाजमा आर्थिक, राजनैतिक, शैक्षिक र वातावरणीय प्रभाव पर्दछ ।  समाज सुधारका लागि मठमन्दिरका पुजारी, धामी, झाँक्री, ज्योतिषी, पण्डित, पुरोहित, मौलाना, पाष्टर लगायत धार्मिक अगुवाहरु समाजसंग प्रत्यक्ष घुलमिल भई रहने हुनाले सामाजिक सुधारको निमित्त उहाँहरुको महत्वपूर्ण भूमिका रहन्छ । विद्यमान नकारात्मक सामाजिक मान्यता र अभ्यासलाई हटाउन धार्मिक गुरुहरुको भूमिका सर्वोपरि रहेकाले प्रवचन जस्ता धार्मिक कार्यक्रमहरुमा महिला तथा बालबालिकामा हुने अपराध र सामाजिक तथा परम्परागत कुरिति न्युनिकरण एवं अन्त्य गर्न आवाज उठाउनु जरुरी भएका विषयमा छलफल गरीएको थियो ।

कार्यक्रममा धार्मीक अगुवाहरुले सक्रिय भुमनिर्वाह गरी परिवर्तनको संवाहक भन्ने वचन समेत दिई तलिमको अन्तयमा हस्ताक्षर गरी लिखित प्रतिवद्धता गर्नु भएको थियो । दुई दिने प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी धार्मिक अगुवाहरुले असार ७ गतेका दिन हानीकारक परम्परागत अभ्यास न्यूनिकरणका लागि आ–आफना क्षेत्रबाट सक्रियताका साथ कार्यान्वयन गर्न गराउन प्रतिबद्ध रहँने वताउँनुभयो ।

तपाईको प्रतिक्रिया