- प्रेम गिरी

पत्रकार महासंघ सुनसरीको आयोजनामा तथा ओरेक नेपाल र प्लान नेपालको सहकार्यमा लैङ्गीक संवेदनशीलताको सवालमा संचारकर्मीहरुलाई ३ दिने नेतृत्व विकास तालिम शुक्रवार सम्पन्न भएको छ ।

वुधवारदेखि धनकुटाको नाम्जेमा शुरु भएको तालिम शुक्रवार सम्पन्न भएको हो । तालिमका प्रमुख प्रशिक्षक पत्रकार महासंघ नेपालका पूर्व सचिव संगिता खड्का र नेपाल टेलीभिजनका पूर्व उपाध्यक्ष अनिता विन्दु रहँनु भएको थियो । समापन कार्यक्रममा नेपाल टेलीभिजनका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट, रेडीयो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्की पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia