Posted by College of Software & Hardware Engineering on Saturday, 30 June 2018

१६ असाढ, इनरुवा। सुनसरीको देवानगञ्जमा गाउँपालिकामा जिनुयर बिल्डिंग इलेक्ट्रिसियन तालिम सुरु भएको छ । कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग प्रा. लि. इनरुवाको प्राविधिक सहयोग तथा देवानगञ्जमा गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालनमा आएको हो।

स्थानिय बेरोजगार युवाहरुलाई प्राविधिक शिप प्रदान गरि स्थानिय स्तरमा नै रोजगारीको अवसर सृजना गर्ने उदेश्यले उक्त तालिमको आयोजना गरिएको हो। तालिम उद्घाटनका क्रममा देवानगञ्जमा गाउपालिकाका अध्यक्ष लाली प्रसाद मेहता तथा प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले सहभागि प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना दिनुभएको थियो।

Posted by College of Software & Hardware Engineering on Saturday, 30 June 2018

 

Posted by College of Software & Hardware Engineering on Saturday, 30 June 2018

तपाईको प्रतिक्रिया