- मिकाइल आलम

कोशी कटान । सुनसरीको कोशी गाउँपालीका ६ स्थित कोशी कटानमा सोमबार राति बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

पूर्व बाट पश्चिम तर्फ आउदै गरेको BR 06 PB 6418 नम्बरको भारतीय बोलेरो पानी खस्दा ६ जनाको घटनास्थल मै मृत्यु भएको र ३ जनाको चिन्ताजनक अवस्थामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमरियाका अनुसार मृत्यु हुनेमा जिल्ला सुपौल बस्ने सन्जीव पौदार,गोलुकुमार राय,ललिया देवी,सुरेन्द्र राय,धिरेन्द्र राय,र कन्चना देवी छन् ।

ललन कुमार राय,आदिप कुमार,निलु देवी पौदारको गम्भीर अवस्थामा बिराटनगरको संजिबनी मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाको छ । दुर्घटना मापसे र ओभर स्पिडका कारण भएको प्रहरीले जना छ भने बोलेरो चालक भारतको मधुवनी बस्ने २६ वर्षका सुशील कुमार सुनसरी प्रहरीको नियन्त्रणमा छ ।

तपाईको प्रतिक्रिया