एजेन्सी, २४ असार  । लियोनेल मेसीको शैली नक्कल गर्ने क्रममा एक फुटबलर सागर दासको निधन भएको छ ।जुनबेला घटना भयो त्यतिबेला २० वर्षीय सागर स्थानीय फुटबल खेलिरहेका थिए ।

सागर मेसीका बडा फ्यान्स थिए । उनी मेसीलाई आदर्श मान्थे । उनी मेसी जस्तै बन्ने चाहना थियो तर अफशोच उनको सपना पुरा हुन सकेन ।भारतीय संचार माध्यमले जनाएअनुसार मेसीले नाइजेरियाविरुद्ध गोल गरेको शैली सागरले अपनाएका थिए ।मेसीले जसरी बल छातीमा लिएर विश्वकपमा पहिलो गोल गरेका थिए ।

त्यही अनुसार उनले पनि त्यही भुभलाई कोसिस गर्दा सन्तुलित भएन र फुटबल उनको छातीमा लाग्यो । उनी त्यही बेहोस भयो ।अस्पतालमा छिटै लगे पनि उनको मृत्यु भइसकेको थियो ।  खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

तपाईको प्रतिक्रिया