लौकही । गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ कोशी गाउँपालीका क्षेत्रका अभिभावकलाई दुई चरणमा छ दिने शिक्षा तालिम दिएको छ । कोशी गाउँपालीकाको सहयोगमा मधुवन युनाइटेड क्लब सुनसरीले आयोजना गरेको तालिममा कोशी क्षेत्रका विभिन्न वार्डका १ सय १० जना अभिभावकहरुको सहभागितामा सो तालिम सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष अरसद अन्सारीले बताएका छन ।

तालिम कोशी गाउँपालीका वार्ड नम्बर ३ का अध्यक्ष सुलेमान मन्सुरीको प्रमुख आतिथ्यमा तथा अनिता उराँवको अध्यक्षतामा सम्पन्न भएको थियो । अभिभावकलाई शिक्षा तालिम शिक्षा क्षेत्रमा गुणस्तरीयता आउन सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम संयोजक अनिता उराँवले बताइन् । सो तालिममा प्रशिक्षक देवकृष्ण यादव,श्रवण राम र सोमनाथ ढकालले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया