- अनसार अन्सारी

भुटाहा । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ साबिकको रामनगर भुटाहा गाविसमा रहेको सुनसरी ट्रेड कन्सर्न पेट्रोल पम्पमा डिजलको अभाव भएको छ ।

वर्तमान धान रोपाइको बेलामा डिजलको अभाव हुँदा स्थानीय किसानहरु मार्कामा परेका छन् । एक जना स्थानिय किसान नाैशाद आलमको अनुसार धान रोपाइको सिजनमा भुटाहाको पेट्रोल पम्पमा हरेक वर्ष डिजलको अभाव हुन्छ ।आलामका अनुसार भुटाहा पेट्रोल पम्पमा रातारात भण्डार गरि  बिहानको नौ नबजीकण सबै डिजल रातको बेला नै सकिहाल छ।रातको बेलामा डिजल आउँने र स्थानीय ब्यपारीहरुलाई दिएर सो ब्यपारीहरु संग प्रत्येक १ लिटरमा ८० रुपैयाँमा दिने गरेको र ब्यपारीहरु १ लिटर मा १०० रुपैयाँ लिने गरेको आलम ले बताए ।

स्थानीय किसानहरु डिजल लिन पेट्रोल पम्प जादा पेट्रोल पम्प रहेको कर्मचारीले त्यो अर्को किराना पसलमा गएर लिनु भन छन । अहिले डिजलको मुल्य ७६ रुपैयाँ रहेको छ । पेट्रोल पम्पमा डिजल न हुन्दा धान रोपाईमा समेत ढिल्लो हुने गरेको स्थानीय बासिहरुले बताए । सो पेट्रोल पम्पका मालिक रोशन गुप्तालाई यस विषयमा सोध्दा डिजल थोरै आउँने र स्थानिय किसानहरु माग धेरै हुदा आवश्यकता अनुसारको माग पुरा गर्न समस्या भएको गुप्ताले बताए । तर किसानहरुको भनाइअनुसार राती पम्पमा डिजल आउने र स्थानिय व्यापारीहरुले रातीको समयमा भारतिय बजारमा बिक्रिकालागि पठाईदिने गर्छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia