काठमाडौं, २५ असार  । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाउने निर्णय गरेको छ।यसको साथसथै उपभोक्ताको थाप्लोमा फोन तथा इन्टरनेट सेवाको भार अझै थप हुने भएको छ ।

निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ । नेपाल टेलिकमले पनि साउनबाट नै मूल्य समायोजन गर्ने बताइएको छ ।इन्टरनेट सेवामा प्रदायक (आईएसपी) हरुले पनि साउन १ गतेबाट इन्टरनेट सेवाका शुल्कमा वृद्धि गर्ने तयारी गरेका छन् ।

सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेको छ ।टेलिफोनमा ११ प्रतिशत रहेको दस्तुर १३ प्रतिशत पर्याएर इन्टरनेट सेवामा पनि सोही दरमा लगाउन थालिएको हो ।अब सबै सेवामा मूल्य अभिवृद्धि कर पनि लाग्नेछ । यससगैँ टेलिफोन सेवामा करिब ३ प्रतिशत मुल्य बढ्ने अनुमान गरिएको छ । नेपाल समाचार दैनिकबाट 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia