मोरङ, ३१ असार ।  कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले दुई तिहाइको दम्भमा सरकार संविधानलाई तहसनहस बनाउने खेलमा लागेको आरोप लगाएका छन् ।विराटनगरमा शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारको आडमा मुलुकमा मनपरीतन्त्र मौलाउँदै गएको बताए ।

‘दुई तिहाइको बलमा सरकार संविधान र कानुनविपरीतका काम गरिरहेको छ,’ उनले भने, ‘सरकारले प्रतिपक्षमा कांग्रेस छ भनेर बुझोस् । अब सरकार हुकुमी र तानाशाही शैलीमा अगाडि बढे कांग्रेसले प्रतिवाद गर्दछ ।’

सरकार गठनको ६ महिना नबित्दै जनमानसमा अनेक शंका, उपशंका उब्जिन थालेकाले कांग्रेस सजग र सचेत भएको उनले बताए ।

‘प्राज्ञिक क्षेत्रको नेतृत्व गर्दै विदेश उड्न लागेका उपकुलपतिलाई प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा गिरफ्तारीको शैलीमा बालुवाटार पुर्‍याइन्छ,’ उनले भने, ‘अनि घन्टौंसम्म राखिन्छ र छोडिन्छ । यो कस्तो लोकतन्त्र हो ?’  कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia