इनरुवा, साउन १/सिद्धार्थ इन्स्योरेन्सको ५६ औं शाखा सुनसरीको इनरुवामा खुलेको छ ।गनुबाबु मार्गमा संचालनमा आएको सिद्धार्थको नयाँ शाखा आजबाट संचालनमा आएको हो ।इनरुवा नगरपालिका प्रमुख राजन मेहता र इन्स्योरेन्सका सहायक महाप्रवन्धक दीपक धूतले संयुक्त रुपमा शाखा उद्घाटन गर्नु भएको छ ।

फणिन्द्र गुरागाई शाखा प्रमुख रहेको इनरुवा शाखाले सर्वसाधारणमा बिमाको सहज पहुँच पुर्याउनुकासाथै विशेष छुट सहितका प्याकेजहरु संचालनमा ल्याउने जनाएको छ ।उद्घाटन सत्रमा बोल्दै सहायक महाप्रबन्धक धूतले सिद्धार्थ कान्छो कम्पनी भएपनि छोटो समयमा हात पारेको सफलता जनताको विश्वासका आधारमा तय भएको बताए ।नगरप्रमुख मेहताले स्थानीय तहमा रहेर सेवा प्रवाह गर्दा स्थानीयता, विकास र प्रवद्धन जस्ता मुद्धालाई ध्यानमा राखी सर्वसाधारणमा सहज र सूलभ सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।सिद्धार्थ इन्स्योरेन्स लिमिटेड इनरुवा शाखा प्रमुख गुरागाईले गाडी, विल्डिङ र स्टक जस्ता क्षेत्रमा विशेष छुट सहितको सेवा प्रदान गरिने बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia