इनरुवा। इनरुवामा रहेको हाम्रो सञ्जाल नेपाल नामक संस्थाले नगरपालिकाको हर हिसाब किताब र खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ । सञ्जालले सर्वसाधारणको सुचनाको हक अन्र्तगत कार्यालयले सञ्चालन गरेको योजना तथा बिकास निर्माण लगायत १७ शिर्षकको हिसाब किताब सार्वजनिक गर्न माग गरेको हो ।

सञ्जाल अध्यक्ष सितोष कुमार पोखरेल नेतृत्वको टोलीले नगरप्रमुख राजन मेहतालाई भेटी लिखित रुपमा सुचना माग गरिएका विषयवस्तुको विवरण उपलब्ध गराउन माग गरेको हो । सञ्जालले आफुले पाएको जानकारी सबै सर्वसाधारणको पहुँच समक्ष पुग्ने भन्दै वास्तविकता उजागर गर्ने अभियान चालिएको बताएको छ ।

तपाईको प्रतिक्रिया