इनरुवा /सुनसरीमा समेत नेपाली कांग्रेसले बिरोध जुलुस तथा सभाको आयोजना गरेको छ ।अघिल्ला दिनहरुको तुलनामा नेपाली कांग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको पार्टीगत कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती देखिएको थियो ।


जुलुसमा सहभागि गराउन गाउँ तथा नगर कमिटीहरुले कार्यकर्ता सदरमुकाम ओसारेका थिए ।


जिल्लाभरबाट सदरमुकाम इनरुवा स्थित रहेको नेपाली काँग्रेस पार्टी कार्यालय पुगेको भिडले सरकार विरोधी नाराबाजी सहित बसचौकमा बिरोध सभा गरेको छ ।


सभालाई नेपाली कांग्रेसका केन्द्रिय नेताहरु बिजयकुमार गच्छदार, ज्ञानेन्द्र बहादुर कार्की, प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला सहित नगरप्रमुख राजन मेहता लगायतकाले सम्बोधन गरेका छन् ।


सम्बोधनका क्रममा नेताहरुले वर्तमान ओली सरकारलाई तानाशाही र सर्वसत्तावाद लाद्ने उद्यत बनेको आरोप लगाएका छन् ।


महंगी बढ्नुका साथै अपराधका घटना बढ्दै गएकाले शान्ति सुरक्षा र जनताको जिउधनको सुरक्षाका सवालमा सरकार चुकेको कांग्रेस नेताहरुको भनाई थियो ।


कांग्रेसले वर्तमान सरकार विरुद्धको आन्दोलन लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी तथा बढ्दो भष्ट्राचार विरुद्धको खबरदारी भएको बताएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia