- अमर काफ्ले

इनरुवा। इनरुवा ४ सुनसरी खोला किनारमा निर्माणाधिन अवस्थामा रहेको स्वर्गद्वारी घाट हातालाई नगरपालिकाको कार्यालयले डम्पिङ साइड बनाएको भन्दै स्थानीयहरुले बिरोध जनाएका छन् ।अत्याधुनिक दाह संस्कार स्थल बनाउने योजना अन्र्तगत पूर्वाधार निर्माणको क्रम जारी रहेको अवस्थामा घाट आसपासको क्षेत्रमा थुपारिने गरिएको फाहोर हटाउन स्थानीयको माग छ ।

स्वर्गद्वारी घाट निर्माण कार्य समिति अध्यक्ष पहलबहादुर कटुवाल नेतृत्वको टोलीले सम्वन्धित विषयवस्तु बारे ध्यानाकर्षण सहितको ज्ञापन पत्र इनरुवा नगरपालिकाको कार्यालयमा बुझाएको छ ।नगर प्रमुख राजन मेहतालाई भेटेर बुझाइएको ज्ञापन पत्रमा घाट क्षेत्रमा फोहोर थुपार्न रोक लगाइनुपर्ने माग गरिएको छ ।

त्यसैगरी घाट निर्माण समितिले नगरपालिकाले यसअघि जनाएका प्रतिवद्धता र सहमति कार्यान्वयनको माग गरेको छ ।आर्थिक समस्याका कारण बेलैमा पुर्वाधार निर्माणको कार्य सम्पन्न गर्न नसकिएको भन्दै समितिले सहयोग रकमको माग समेत गरेको छ ।ज्ञापन पत्र बुझ्दै नगर प्रमुख मेहताले लगत स्टिमेट सहितको प्राविधिक नक्साङकनको कार्य पश्चात यथोचित सहयोग उपलब्धताको प्रतिवद्धता दोहो¥याउनु भएको छ ।

तपाईको प्रतिक्रिया