काठमाडौं / एनसेलले डेटा सेवा अन्तर्गत आफ्ना ग्राहकका लगि ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याक अन्तर्गत कर बाहेक मात्र रु ५ ९कर सहित रु ६।३८० मा २५ एमबि डेटा भोलुमको मजा लिन सक्नुका साथै फुच्चे डेटा प्याक यहि आइतबार ९श्रावण २०० देखि लागु हुनेछ । यस डेटा प्याक अन्तर्गतको २५ एमबि डेटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वक टुजि, थ्रिजि तथा फोरजिमा बिहान ५ देखि बेलुका ५ बजे सम्म प्रयोग गर्न सक्नेछन् ।

ग्राहकले आफ्नो म्यासेज बक्समा ५ ९अंगे्रजी अंक पाँच० टाइप गरि १७१२३ मा एसएमएस पठाइ फुच्चे प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहने जनाइएकाे छ ।

मात्र रु ५ ९कर सहित रु ६।३८० पर्ने सबै भन्दा सुलभ डेटा प्याक ल्याउन पाउँदा निकै हर्षित भएको एनसेलले जनाएको छ । यस डेटा प्याकले ग्राहकलाई विषेश मुल्य प्रदान गर्दै उनीहरुलाई डिजिटलरुपमा सम्पर्कमा रहन मद्दत पुर्याउने विश्वास लिईएको छ ।

एनसेलले ग्राहकको माग अनुरुप सही, दामी तथा राम्रो डेटा प्याक अन्तर्गत विभिन्न भोलुमको डेटा प्याकहरु उपलब्ध गराउँदै आएको छ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुरुप एक दिने, तिन दिने, साप्ताहिक तथा मासिक कुनै पनि डेटा प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया