काठमाडौं, २१ साउन । सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानून बनाउन लागिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

१८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिनेगरी बनाइएको कानूनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँदैछ ।

संविधानको धारा ३३ मा उल्लिखित रोजगारीको हकको व्यवस्था कार्यान्यनन गर्न यो विधेयक बनाइएको हो । संविधानले प्रत्येक नागरिकलाई रोजगारीको हक हुने प्रत्याभूत गरेको छ ।रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानून बमोजिम हुने संवैधानिक व्यवस्थाअनुसार नै सरकारले कानून बनाउन लागेको हो ।

तपाईको प्रतिक्रिया