सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ४ मा कर्मचारी र जनप्रतिनिधिहरुले ममोमानी गरेको, कार्यालय समयसम्म नबसेको र अनियमितता बढेको भन्दै स्थानीयहरुले तालाबन्दी गरेका छन् । समय नदिएर वडाबासीलाइ दुख दिने काम गरेको स्थानीयले आरोप लगाउदै वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय इरफान अन्सारीले बताएउनुभयो ।

वडा कार्यालयमा कार्यरत सचिव र कर्मचारी तथा जनप्रतिनिधिहरुले समयमा कहिल्यै कार्यालय नआउदाँ सर्वसाधारण आम जनता सेवा पाउनबाट बन्चित भएको अन्सारीले बताउनुभयो । वडा अध्यक्ष सुदिलाल मेहता र वडा सचिव सहितका कर्मचारीले आफूखुशी काम गरेको स्थानीयहरुले गुनासो सहित वडा कार्यालयमा आइतबार तालाबन्दी गरेको एसके मेहताले जानकारी दिनुभयो ।

कार्यालयमा सेवा लिन आएका व्यक्तिहरुले कार्यकक्ष खाली भेटिएको र कोही पनि भेटाएकाले आईतबार १ बजे स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेको हो । कर्मचारीले सामान्य मापदण्ड समेत पालना नगरेको र जननिर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरु समेत कार्यालय समयको ख्याल गरेको आरोप स्थानीयहरुले लगाएका छन् । वडा अध्यक्ष मेहताले भने कार्यालयमा कोही नभएको र केही मिनेट बाहिर गएको मौकामा तालाबन्दी गरेको प्रतिकृया दिनुभयो ।

तपाईको प्रतिक्रिया