- अमर काफ्ले

पुर्वी पहाडी भेग सहितका जिल्लामा केहि दिनयता वर्षा जारी रहेपनि सप्तकोशी नदीमा पानीको वहावमा भने खासै उतारचढाव देखिएको छैन् । पछिल्लो मापन अनुसार कोशी नदीमा पानीको वहाव १ लाख ५४ हजार ९ सय ३५ रहेको छ । ब्यारेजका १८ वटा ढोका खोलिएका छन् ।

मौसम पुर्वानुमान महाशाखाले तीन दिन पुर्व सहितका भेगमा भारी वर्षाको सम्भावना जताएपनि कोशी नदीमा हाल सम्म कुनै खतरा देखिएको छैन् । सुनसरी प्रशासनले नदीको पानी सामान्य अवस्थामा रहेको र सबै तटबन्ध सुरक्षित रहेको जनाएको छ । असारको दोस्रो साता नदीमा पानीको वहाव तीन लाख क्युसेक प्रतिसकेण्डको हाराहारीमा पुगेको थियो ।

तपाईको प्रतिक्रिया