लहान, २३ असोज । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत ५०० मिटर दायाँबायाँ क्षेत्रमा घोषणा गरेको दङ्गाग्रस्त क्षेत्र हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले आज सार्वजनिक सूचना जारी गर्दै गत भदौ २३ गतेदेखि पूर्व–पश्चिम लोकमार्गअन्तर्गत ५०० मिटर दायाँबायाँ क्षेत्रमा घोषणा गरेको निषेधित क्षेत्र र भदौ २४ गतेदेखि सोही क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘ख’अनुसार घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र हटाएको जनाएको छ ।
नजिकिँदै गरेको दसैँ तिहारलगायतका चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि लागू हुनेगरी दङ्गाग्रस्त क्षेत्र हटाएको सूचनामा उल्लेख छ ।
साभार : पुर्वेली न्युज