इनरुवा /सुनसरीको गडन खोला किनारमा हनुमान मन्दिर बनाइने भएको छ ।
इनरुवा ७ चाँदबेलामा पर्ने सीताघाटको हाताभित्र मन्दिर सहितको मुर्ति निर्माण गरिन लागिएको हो ।
१० लाख बढी लागत अनुमान गरिएको मन्दिर निर्माणको कार्य सकेसम्म छिटो सम्पन्न गर्ने बताइएको छ ।


मन्दिरको शिलान्यास जिल्ला समन्वय समिति सुनसरीका संयोजक समेत रहेका सीताघाट निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष गोपालराज भण्डारीले गरेका छन् । घाट सहित पुर्वाधार निर्माणको काममा अघि बढेको निर्माण समितिले परबाटै देखिन मिल्ने गरी सडक किनारमा संकट मोचक हनुमानको अग्लो प्रतिमा स्थापना गरिने भण्डारीले बताए । प्रतिमा सहितको मन्दिर निर्माणको कार्य जनश्रमदानबाट सम्पन्न गर्ने भण्डारीले बताए ।


शिलान्यास कार्यक्रममा वडाध्यक्ष किशोर सिंह सहित अच्युत भण्डारी लगायत समितिका पदाधिकारी र स्थानीयको उपस्थिती रहेको थियो । गडन खोला किनारको जग्गालाई घेराबेरा गरी घाट निर्माणको कार्य अघि बढाएको समितिले ४ विगाह बढी क्षेत्रफलमा वृक्षारोपण समेत गरिसकेको छ ।

तपाईको प्रतिक्रिया