इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा १ मा रहेको एउटा कसमेटिक पसलमा आगलागि भएको छ । इनरुवा १ मा रहेको रामोतर साह हलुवाई को उत्त कसमेटिक पसलमा आगलागि हुदा अन्दाजि ५ लाख बराबरको क्षति भएको साहले जानकारी दिएकाहुन ।

करीब ३ बजेर ४५ मिनेटमा लागेको आगो स्थानिय , प्रहरी र दमकलको सहायताले नियन्त्रणमा आएको हो। यसैगरी सोहि ठाउका मोहमद सकिलको घर अगाडि पार्किङ गरेर राखेको बा १९ च १५१३ नम्बरको इको मारुति भ्यानमा समेत आगलागि भएको छ । मारुति भ्यानमा भने सामान्य क्षति भएको छ । उत्त आगलागि कुनै रिसिबिका कारणले गर्दा कसैले लगाएको हुन सक्ने कसमेटिक पसले रामोतर साहको भनाई छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया