विराटनगरको टंकी सिनवारी अवस्थित विराट टिचीङ हस्पीटलका डाक्टरको लापरवाहिले त्याँहा प्रसुती गराउन ल्याईएकी २५ बर्षीया सगिरा खातुनको मृत्युभएको आफन्तले आरोप लगाएका छन । गत मंगलबार खातुनको प्रसुतीको शल्यक्रीया गराउन सो अस्पताल ल्याईएको थियो ।

बुधबार राती खातुनको शल्यक्रीया गराउने डाक्टरको लापरवाहीको कारणले मृत्यु भएको मृतकका ससुरा समीम अख्तरको भनाई छ । खातुनको मृत्यु भएपछी अस्पताल तनाबग्रस्त बनेको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी परीचालन गरीएको छ । यो घटना सहित डाक्टरको लापरवाहीले अस्पतालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । करिब दुई महिना अघि दमककी नवीना कार्कीको पनी प्रसुती गराउने क्रममा डाक्टरको लापरवाह्रीले मृत्यु भएको थियो । मृतक परिवारलाई ५ लाख क्षतीपुर्ती र जन्मीएकी शिशुको भरणपोषण गर्ने अस्पताल प्रशसन संग सहमती भएको थियो । खातुनको कोखबाट शल्यक्रीया गरेर निकालीएका नवाजत शिशुलाई भेन्टीलेटरमा राखिएको छ । यो घटना भएपछी अस्पताल तनावग्रस्त बनेको छ ।

तस्बिर: प्रेम गिरीको वालबाट

तपाईको प्रतिक्रिया