- अमर काफ्ले

इनरुवा। सप्तकोशी नदीमा पानीको वहावमा उतारचढावको क्रम जारी छ । पुर्वि क्षेत्रमा केहीदिनयताको वर्षासँगै कोशी नदीमा पानीको वहाव उतार चढावको क्रममा रहेको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव २ लाख ३६ हजार ७ सय १० क्युसेक प्रतिसेकेण्ड पुगेको छ । कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन् ।

यसैअघि आज दिउँसो सप्तकोशी नदीको चतरा मापन केन्द्रमा यस वर्षकै उच्च वहाव मापन गरिएको थियो । दिउँसो १ बजे चतरा मापन केन्द्रमा पानीको वहाव ६ दशमलव १५ मिटर तहमा पुगेको थियो । चतराको सो मापन खतरा तह माथि हो । यद्यपी साँझभने वहावमा कमी आएको रेडक्रसकर्मी रविन घिमिरेले जानकारी दिनुभयो । चतरामा मापन हुने वहावले ६ दशमलव ८ को आंकडा छोए पूर्ण रुपमा खतरा मान्ने गरिन्छ ।

कोशीमा पानीको वहावमा उतारचढावको क्रम जारी रहेपनि सुनसरी प्रशासनले भने हालसम्म कुनै खतरा नरहेको जनाएको छ । नदीका सबै स्परहरु सुरक्षित रहेको र वहाव सामान्य अवस्थामा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia