काठमाडौं / सर्पको राजा ‘किङ कोब्रा’ (राजगोमन) को आणुवांशिक गुण (डीएनए) परीक्षण शुरु गरिएको छ । वंशाणुगत अवस्थिति, त्यसमा भइरहेको र हुन सक्ने सम्भावित परिवर्तन पत्ता लगाउन डीएनए परीक्षण शुरु गरिएको हो ।

फरक भूगोलमा हुर्के बढेका कोब्राका समानता÷भिन्नता बुझ्न र अन्य वस्तुस्थिति पत्ता लगाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वीकृतिमा ‘स्नेक कन्जरभेसन सोसाइटी नेपाल’ले चासो बढाएको हो । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा कोब्राको डीएनए परीक्षण गरिएको हो । यस्तो अध्ययन मुलुकमै पहिलो भएको दाबी गरिएको छ ।

त्यहाँको प्रारम्भिक अध्ययन÷अनुसन्धानले नेपालको तराई र मध्य पहाडी भेगका किङ कोब्राको जिनमा समानता पाइएको छ । ‘पोखरा उपत्यका र पूर्वी तराईका किङ कोब्राको जिनमा पूर्ण समानता पाइएको छ’, सोसाइटीका अध्यक्ष महेन्द्र कतिलाले नेपाल भने, ‘अध्ययनको विस्तृत रिपोर्ट केही दिनमा आउँदै छ ।’ आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia