धनकुटाको पाख्रिबास नगरपालिकाले सुत्केरी महिलाको पोषणयुक्त खानपिनलाई मध्यनजर गरेर सुत्केरीसँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । यही साउनदेखि सुरु गरिएको यो कार्यक्रमअन्र्तगत सुत्केरी महिलाको घरमै पुगेर जनप्रतिनिधिले नगरपालिकाको तर्फबाट कुखुराको भाले, एक माना घिउ, दाल, चनालगायतका पौष्टिक खाना र माआका लागि न्यानो झोला दिने गरिएको छ ।

स्वास्थ्य कार्यकर्ता, वडासचिवसहितको टोली सुत्केरीको घरमै पुगेर जन्मदर्ता र आमाको स्वास्थ्य परीक्षण पनि गर्छौ, मेयर बिर्खबहादुर राईले भने, आर्थिक अवस्था हेरे पाँच सयदेखि हजार रुपैयाँसम्म सहयोग पनि गर्ने गरेका छौँ ।, आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia