मोरङ । लेटाङ–९ जाँतेमा रहेको श्रीमाविमा अज्ञात समूहले सोमबार राति खानेपानीको ट्याङ्कीमा साईफर मिथेन १० नामको बिष हालेका कारण पानी सेवन गरेका बिद्यार्थी बेहोस भएका छन । बालबालिकामा रिंगटा चल्ने,पेट पोल्ने,वान्ता हुने समस्या देखिएको बिद्यालयका शिक्षक खेमराज दुलालले जानकारी दिएका छन । उनीहरुको सामुदायिक अस्पताल उर्लाबारी मंगलबारेमा उपचार सम्भव नभएपछि बिराटनगर रेफर गरिएको छ । बिरामी बालबालिका मध्ये मनिश थापा,कमला लिम्बु,सृष्टि निरौला,खुस्वु मिश्र गम्भिर अबस्थामा रहेको र उनीहरुलाई बिराटनगरस्थित नोबेल अस्पताल पुयाईएको छ । यस बिषयमा ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरिक्षक युवराज खतिवडाले पानीमा बिष हाल्नेको खोजी भईरहेको र यो सामान्य प्रकारको बिष रहेको बताएका छन ।

१० हजार लिटर क्षमताको सो टयांकीमा अज्ञात समुहले बिष हालेको थियो । मंगलबार बिद्यालय गएका बिद्यार्थीहरुले पानी पिउने क्रममा केही बिद्यार्थीले पानी पिएको र केहीले पानी गन्हाएका कारण नपिएर बिद्यालय प्रशासनमा जानकारी गराएका थिए । पानी खाएका बिद्यार्थी बिरामी हुन थालेपछि उनीहरुलाई अस्पताल पुर्याईएको बिद्यालयका शिक्षक दुलालले जानकारी दिएका छन । बिरामी बिद्यार्थीको संख्या अझै बढ्न सक्ने उनले बताएका छन । बिरामी हुने बालबालिकामा ४ देखि १४ बर्ष उमेर समुहका रहेका छन । सो बिद्यालयमा ४ सय बिद्यार्थी अध्यायनरत रहेका छन ।

लेटाङ नगरपालिकाले बिज्ञप्ती जारी गरी बिद्यालयको खानेपानीमा बिष हालिएको र बिद्यार्थी बिरामी परेको घटनाको निन्दा र भत्र्सना गरेको छ । नगरप्रमुख शंकर राईद्धारा हस्ताक्षरित बिज्ञप्तीमा यस्ता निच र घृणित कार्यको निन्दा गर्दै खेद प्रकट गरिएको छ । खानेपानी पिउँदा मोरङको लेटाङ–९ जाँतेमा रहेको श्रीमाविमा अध्ययानरत २९ जना बिद्यार्थी बिरामी भएका छन भने २ जनाको अबस्था चिन्ताजनक रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia