काठमाडौं। रुख विरुवाका अतिरिक्त काष्ठजन्य फर्निचर र अन्य वस्तु पनि वातावरणमैत्री हुन् भन्ने सन्देश बुझाउन काठमाडौंको बसन्तपुर डबलीबाट शुरुवात भएको छ । करिव एक टन काठबाट निर्मित ‘कार्वन सिट’को व्यवस्था गरिएको छ । ‘एक टन कार्बनमा बस्नुहोस्’ भन्ने अभियानका साथ आम सर्वसाधारण बस्न मिल्ने सार्वजनिक सिटको व्यवस्था गरिएको हो । डेनिस फरेष्ट्री एक्स्टेन्सन्सँगको आर्थिक सहकार्यमा पारिवारीक निजी वन संघ नेपालले सार्वजनिक स्थलमा पृथक शैलीको विश्राम सिटको व्यवस्था गरेको हो ।

वातावरणमैत्री अभियानको शुभारम्भ वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले गर्नुभयो । मौलिक र रचनात्मक अभियानलाई अन्य सार्वजनिक स्थलमा पनि विस्तार गर्न सकिने संभावना औल्याउँदै मन्त्री बस्नेतले वन मन्त्रालय र मातहतका निकायले यस्तो अभ्यासलाई अघि बढाउने बताउनुभयो । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia