ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक ‘निर्दयी आमा’ ले आफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छन् । कमलाले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ । छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् । कमलाकी आमा संजमायाका अनुसार २६ गते छोरी र नातिनीलाई घरमा छाडेर उनी तलको घरमा झरेकी थिइन् ।

बुधबार माथिको घरमा जाँदा कोही पनि भेटिनन् । बस्तुभाउलाई घाँस काट्ने क्रममा सेफ्टीट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरे । त्यहाँ खाल्डे चर्पी थियो । स्थानीयले त्यही चर्पीबाट जमुनालाई जीवितै उद्दार गरे । मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी जमुनालाई स्थानीयले स्थानीय अस्पतालमा लगे । त्यहाँ उपचार सम्भव नभएसम्म एम्बुलेन्समा हालेर बिर्तामोड र्पुयाए । तर, बुधबार साँझ उनको मृत्यु भयो ।

कमलाकी आमा संयमाया सँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसासमेत थिएन । स्थानीयले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए । जंगाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो । प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाका अनुसार दुबैलाई कुटपिट गरेर हत्या गरेको फालेको आशंका गरिएको छ । कमला कता गइन् भन्ने खुलेको छैन । घटनाबारे जानकारी दिँदै वडा नम्बर २ का वडाध्यक्ष ज्ञानप्रसाद दाहालले भने ‘उनको मति बिग्रिएर यस्तो कुकर्म गरेकी होलिन् ।’

जुम्ल्याह छोरीलाई शेफ्टी ट्यांकीमा हालेर हिँडेकी कमला भर्खर २० वर्षकी भएकी छन् । उनले उदपयुरका गाडीका सहचालकसँग भागी बिहे गरेकी थिइन् । तर, सम्बन्ध लामो समय रहेन । गर्भवती भएपछि माइती आउने क्रममा गाडीमा इलाम आइपुग्दा दुई छोरीलाई जम्म दिइकी थिइन् । उनीहरु भदौ ५ गते एक वर्ष पुथे । तर, त्यसअघि नै आमाले नै उनको ज्यान लिएका छन् । प्रहरी निरीक्षक थापाका अनुसार संजमायाले प्रहरीमा जाहेरी दिएकी छिन् भने कमलाको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia