काठमाडौँ, १ भदौ  ।  भारत पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको  निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ९३ वर्षको उमेरमा निधन भएको हो ।सन् १९२४ डिसेम्बर २५ तारिखमा जन्मिएका उनको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएपछि श्रद्धाञ्जली दिन अस्पताल परिसरमा विशिष्ठ ब्यक्तिहरुको भिड लागेको छ ।

तीन पटक प्रधानमन्त्री बनेका उनी पछिल्लो पटक दुई महिनादेखि एम्समा उपचाररत थिए, उनी ९ वर्षदेखि बिरामी थिए । उनलाई पिशाव नलीमा संक्रमण भएपछि ११ जुनमा एम्समा भर्ना गरिएको थियो ।पछिल्लो पटक उनको केबल एउटा मात्रै मृगौलाले काम गरिरहेको थियो । ३० वर्षदेखि निजी चिकित्सक रहेका डा. रणदीप गुलेरियाको रेखदेखमा एम्समा उनको उपचार भइरहेको थियो ।

बुधवार राति एम्सले मेडिकल बुलेटिन निकाल्दै अटलको स्वास्थ्य पछिल्लो २४ घण्टामा धेरै बिग्रिएको जनाएको थियो । त्यसपछि उनलाई ‘लाइफ सपोर्ट सिस्टम’ मा राखिएको थियो । बिहीबार बिहान जारी बुलेटिनमाएम्सले अटलको स्थितिमा कुनै सुधार नभएको जनाएको थियो ।

अटल बिहारी वाजपेयी देशको सक्रिय राजनीतिमा पाँच दशक भन्दा धेरै समय सक्रिय रहे । उनी देशको पहिलो गैरकांग्रेसी प्रधानमन्त्री थिए । उनले आफ्नो पहिलो लोकसभा चुनाव १९५२ मा लडेका थिए । तर उनले जित भने १९५७ मा निकाले । त्यो बेलादेखि सन् २००९ सम्म उनी लगातार संसदीय राजनीतिमा सक्रिय रहे । सन् १९७७ मा उनी पहिलो पटक मन्त्री भए । त्यसपछी सन् १९९६ मा उनी १३ दिनका लागि प्रधानमन्त्री बने ।

सन् १९९८ मा फेरि उनलाई प्रम बन्ने मौका मिल्यो । त्यो बेला उनको सरकार केबल १३ महिना टिक्यो । त्यसपछी भएको लोकसभा चुनावमाएनडीए गठबन्धनको बहुमत सरकार बन्यो र वाजपेयीले प्रमका रुपमा आफ्नो कार्यकाल पूरा गरे । उनी सन् १९९१, १९९६, १९९८, १९९९ र २००४ मा लखनउबाट लगातार लोकसभा सदस्यमा निर्वाचित भएका थिए । अन्नपूर्ण पोस्ट दैनिकबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia