काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानिय तह, प्रदेश र संघीय सरकारबाट लगाईएका दोहोरो तेहरो करको परिणामस्वरुप न्युन एवं निश्चित आय भएका सर्वसाधारण जनतालाई जीवन धान्न कठिन भएको भन्द त्यसर्थ, अव्यवहारिक र जनतालाई कष्ट पर्ने कर तत्काल खारेज गर्न सरकारसंग माग गरेको छ ।

साथै दोहोरो तेहरो करको उद्योग, बाणिज्य एवं अन्य व्यवसाय र पेशागत क्षेत्रहरुमा समेत नकारात्मक प्रभाव पारेको राप्रपाले जनाएको छ । राप्रपा केन्द्रिय कार्यसम्पादन समितिको विहिवार बसेको बैठकले आमजनताको बिचमा पर्याप्त बहस नै नगरी तथा नेपाली जनताको प्रत्यक्ष अभिमत विना कायम गरिएको संघीय संरचनाको दुष्प्रभाव र विकृति देखिन थालेको निष्कर्ष पनि निकालेकाो छ ।

एकातिर संघीयता कार्यान्वयनका निमित्त अरबौ बिदेशी ऋण लिनु पर्ने बाध्यता, अर्कोतर्फ सर्वसाधारण जनता माथि थोपरिएको करको बोझले गर्दा नेपाली जनजीवन अस्तव्यस्त र आक्रान्त बन्न पुगेको राप्रपाले जनाएको छ । अाजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया