इनरुवा भाद्र १/इनरुवा ३ स्थित पूर्व पश्चिम राजमार्गमा यात्रु वाहक बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण इनरुवा शाखा अघिल्तिर भएको दुर्घटनामा बैतडी घर भई इनरुवा ३ डेरागरी बस्ने ४० वर्षिय महादेवप्रसाद बढुको ज्यान गएको हो ।
साइकलमा सवार बडुलाई सिन्धुलीबाट काकँडभित्ता जाँदै गरेको मे १ ख १९९४ नम्बरको यात्रु बसले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते बडुको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । बडु इनरुवामा २ वर्ष अघिदेखि डेरा गरी बस्दै आएका थिए । शिक्षक बडु अध्यापनकालागि विद्यालय तर्फ जाँदै गर्दा सडक पार गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ ।

तपाईको प्रतिक्रिया