मोरङ । मोरङको ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहामा एक युवाले प्रेमिकाले धोका दिएको भन्दै खुकुरी र छुरा प्रहार गरी हत्या गरेका छन । शुक्रबार बिहान अन्दाजी ९.३० बजे पहेँलो रंगको को १७ प १७२३ नम्बरको स्कुटर चढेर आएका बिराटनगर १३ का ३० बर्षिय दिनेश भट्टराईले सोही स्थानकी २३ बर्षिया सिता घिमिरेलाई छाती,घाँटी लगायतका स्थानमा अन्धाधुन्द खुकुरी र छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीका अनुसार उनीहरु प्रेमीप्रेमिका रहेको र प्रेममा धोका भएपछि उनको हत्या भएको प्रारम्भिक जानकारी आएको बताएका छन। युवतीको शरिर क्षतबिक्षत पारेर भाग्ने क्रममा स्थानीयले ति युवालाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । ति युवालाई ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ । उनले आफुमाथि धोका भएको र उनको हत्या गर्ने योजना बनाएको प्रारम्भिक बयान दिएका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia