ठग्स अफ हिन्दोस्तानपछि आमिर खानले कुन फिल्म गर्लान् ? धेरैको चासो छ । धेरै फिल्म संग उनको नाम जोडीएर आए तर उनी कुनै फिल्ममा देखिने एकिन भईसकेको थिएन । तर अव फेरी उनको पछील्लो फिल्मलाई लिएर चर्चा सुरु हुन थालेको छ । पछिल्लो खुलासाअनुसार आमिर एक हलिउड फिल्मको रिमेकमा काम गर्नेछन् । जानकारी अनुसार आमिरले शकुन बत्राको ओशोको विषयमा बन्ने फिल्म केही समय पर सारेका छन् ।

यसको टिमले आमिरको सल्लाहपछि फिल्मको स्क्रिप्टमा केही सुधार गर्न लागेको बताइएको छ । आमिरलाई फिल्मको कथाको केही भाग उचित नलागेपछि उनले यसलाई परिवर्तन गर्न सल्लाह दिएका थिए । आमिरले पछिल्लो समय हलिउड फिल्मको हिन्दी रिमेकमा चासो दिइरहेको बताइएको छ । सबथोक फाइनल भएपछि नाम घोषणा गरिनेछ । अहिले आमिरको टिम फिल्मको अधिकार लिने विषयमा छलफल गर्दैछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia