काठमाडौं, १० भदौ  । चीनको एक होटलमा शनिबार भएको भएको आगलागीमा परि कम्तीमा १९ को मृत्यु भएको छ । २३ घाइते छन् ।उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हर्बीनको होटलमा शनिबार विहानै आगलागी सुरु भएको अधिकारीले जनाएका छन् । चीनीयाँ सरकारी समाचार संस्था सिन्हवाका अनुसार आगलागीमा १९ को मृत्यु भइसकेको पुष्टि भएको जनाएको छ ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उद्धारकार्य जारी रहेको जनाएका छन् । ‘घटनाका कारणका बारेमा अनुसन्धान भइरहेको छ, विस्तृत विवरण आउन बाँकी नै रहेको छ,’ एक अधिकारीले भने ।

चिनमा होटलमा आगलागीका घटना बारम्बार हुने गरेका छन् । सुरक्षा सतर्कता नअपनाइने तथा मर्मतमा वेवास्ता गरिने भएकाले आगलागीका घटनामा वृद्धि हुने गरेको बताइएको छ ।

यसअघि गत अप्रिलमा चीनको दक्षिणी क्षेत्रमा भएको आगलागीमा परी १८ जनाको ज्यान गएको थियो । त्यसैगरी गत नोभेम्बरमा आगलागीमा परि १९ को मृत्यु भएको थियो । समाचार कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia