इनरुवा। सुनसरीकाे इनरुवा ६ मधेसामा भएको किशोरी बलात्कारको घटनामा संलग्न युवाहरू सार्वजनिक गरिएको छ । शनिबार राति भएको सामूहिक बलात्कारको घटनामा संलग्नताकाे अाशङकामा पक्राउ परेका उनिहरूलाई सुनसरी प्रहरीले अाज सार्वजनिक गरेकाे हाे ।

घटना लगत्तै पक्राउ गरिएपनि अनुसन्धान र पुष्टि पश्चात् अाज सार्वजनिक गरिएकाे हाे । सार्वजनिक गरिएकाहरूमा रामधुनी नगरपालिका २ का १९ वर्षिय राहुल मगर सहित साेही स्थानका वर्ष १९ कै महमद मिया र वर्ष २१ का भाेला परियार रहेका छन् । पक्राउ परेकाहरूले घटना स्विकारेकाे प्रहरीले जनाएकाे छ । उनिहरू विरद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरिएकाे सुनसरीका प्रहरी प्रवक्ता ज्ञानेन्द्र फुयालले बताउनुभयाे । अर्ध नग्न र अचेत अवस्थामा भेटिएकी किशाेरी उपचाररत छिन् ।

तपाईको प्रतिक्रिया