- मिकाइल आलम

भाण्टाबारी । कोशी गाउँपालिका ४ बाट सिमा प्रहरी चौकी भाण्टाबारीले ११.३ ग्राम ब्राउनसुगर बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत साँझ चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा ११ च ४३४६ नम्बरको कारमा लुकाएर लैजादै गरेको ब्राउनसुगर सहित चारजना लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कारको पछाडी रहेको तेल हाल्ने ट्याङकीको ढक्कन भित्र लुकाई राखेको अवस्थामा चेकजाँच गर्दा प्रहरीले ब्राउनसुगर बरामद गरेको थियो । ब्राउनसुगर सहित कारमा सवार धरान उपमहानगरपालिका श्याम रसाईली,धरान उपमहानगरपालिका ९ बस्ने ३० वर्षीय प्रविण ताम्राकार, धरान १५ बस्ने ३० वर्षीय सुजन राई र सोही स्थान बस्ने खगेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद लागूऔषध र कारसहित चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया