इनरुवा । कृष्णजन्माष्टमीका अवसरमा इनरुवा ३ स्थित राधाकृष्ण मन्दीरबाट निकालिएको रथलाई इनरुवा नगर परिक्रमा गराईएको छ ।
सोमबार हजारौ भक्तजनहरुले विभिन्न बाजागाजा झाकी भेषभुषमा सजिएर पुजाआजा गरि रथलाई डोरीले तानेर इनरुवा परिक्रमा गराएका हुन ।

घर घरबाट रथयात्रामा सहभागी हुन निस्कीएका इनरुवावासीहरुले अधिल्लो वर्ष भन्दा यस वर्ष उल्लेखनीय सहभागीता जनाएका थिए । रथयात्रा सभ्य र शान्तपुर्वक रुपमा समपन्न भएको आयोजकले जनाएको छ । इनरूवामा विगत केही वर्षयता रथ यात्रा गरिदै अाइएकाे छ । हरेक वर्ष रथ यात्रामा सहभागी हुनेकाे सङ्ख्या भने थपिदाे छ ।

 

तस्बिर सहयोग: दिपेश ढकाल

तपाईको प्रतिक्रिया