इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा कोल्ड स्टोर सहितको कृषि थोक बजार निर्माण गर्ने कृषि तथा पशुपक्षि बिकास राज्य मन्त्री राम कुमारी चौधरीले बताएकी छिन् । यसै आ.ब. २०७५/०७६ मा बजेट छुटयाइसकेकोले प्रक्रिया समेत अगाडी बढी सकेको चौधरीले बताइन् । कृषि मन्त्रालय र इनरुवा उधोग बाणिज्य संघको साझेदारीमा निर्माण हुने कृषि बजार अवलोकनमा पुगेकी मन्त्रीले इनरुवा आसपासका किसानलाई धेरै ठुलो उपलब्धि हुने बताइन । उधोग बाणिज्य संघका अध्यक्ष पंन्च देव मेहता सहित पदाधिकारीहरु, समाज सेवी राम प्रसाद मेहतालगायतको टोलिले निर्माणाधिन स्थल अवलोकन गरेका थिए ।

तपाईको प्रतिक्रिया