इनरुवा/दमपती कुटपिटको आरोप लागेका इनरुवा नगरपालिकाका पूर्व मेयर र वडाध्यक्षले प्रेष विज्ञप्ती जारी गरेका छन् । रामहरी पोखरेल र शान्ता पोखरेलले निर्वाचित वडाअध्यक्ष अञ्जनी पोखरेल सहित पुर्व मेयर खेमराज पोखरेल सहितका नाममा प्रशासनमा उजुरी गरेका थिए ।

गालीबेइजती तथा कुटपिट विरुद्ध प्रशासनमा दर्ता गरिएको उजुरीमा शान्ति सुरक्षाको माग सहित दोषीलाई पक्राउ गरी कार्वाहीको माग गरिएको व्यहोराको समाचार सार्वजनिक भएसँगै खेमराज पोखरेल र अञ्जनी पोखरेलले संयुक्त विज्ञप्ती जारी गर्दै घटनामा आफुहरुको संलग्नता नरहेको उल्लेख गरेका छन् । विज्ञप्तीमा निवेदक पक्षले आफ्नो गल्ती लुकाउन अरुको बदनाम गराउने काम गरेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया